Notification texts go here Free Join Us Now!

कम्प्युटर भनेको के हो ?

Definition of Computer, Introduction of computer,
Admin
Computer Image

म्प्युटर एउटा बिधुतिय प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जसको अर्थ गणना वा गन्ती गर्नु हाे । यस यन्त्रकाे बनावट लगतार र स्वचािलत भएर गणितिय अथवा तार्किक क्रमबद्द रूपमा कार्य गर्ने गर्दछ ।  निश्चत दिएको निर्देशन अनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । 


आज भन्दा करिब ६०/ ७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको हो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने बिधुतिय यन्त्र भन्ने बुझिन्थियो । तर आजको २१ औं शताब्दीको युगमा कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासको लागि हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्ने साधनका रूपमा प्रयाेग गर्न थालिएको छ ।
विशेष गरी कम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयर बिना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।


सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको मेमरीमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने पेरिफेरल साधनहरूले जानकारीलाई बाह्य स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ ।


कम्प्युटरको प्रोसेसिङ विभागले जानकारीहरूको पङ्क्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ । निर्णायक जानकारीले क्रमाङ्किक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको कार्यका आधारमा परिवर्तन गर्छ।


पहिलो विध्युतिय कम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् १९४०-१९४५)मा विकसित भएका हुन्। माैलिक रूपमा, तिनिहरू ठुला कोठाको जत्रो नाप भएका र विध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरूले जति गर्ने खालका थिए।


आधुनिक कम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं-करोणौं गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्। सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू मोबाइल साधनमा सजिलै अटाउँछन्, मोबाइल कम्प्युटरलाई विध्युतिय पावर साना बॅटरी(battery)बाट सजिलै उपलब्ध गराउन सकिन्छ। Personal Computer आफ्नो अनेकौँ रूपमा इन्फॉर्मेशन युगका मर्ति हुनुका साथै धेरै मानिसले सोच्ने गरेका ' कम्प्युटर्स्' हुन्। अन्तत: इम्बेडेड कम्प्युटरहरू धेरै खाले उपकरणहरू mp3 प्लेयर्स देखि आधुनिक युध्द विमान र खेलौना देखि उध्योग यन्त्रमानव सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।


Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.